नेपाल क्यान्सर अस्पताल र ‘हार्ड रक क्याफे’ले बाल क्यान्सर सचेतनाका लागि सहकार्य गर्ने

19 Feb 2024 Event

 

ncch

काठमाडौं। बाल क्यान्सर सचेतना सत्र आयोजनाका लागि नेपाल क्यान्सर अस्पताल र ‘हार्ड रक क्याफे’बिच सहकार्य गरिएको छ।

यसै सहकार्यअनुसार अस्पतालले क्याफेमा शनिबार बाल क्यान्सर सचेतना सत्र आयोजना गरिएको हो।

बाल्यकालमा हुने क्यान्सर, प्रारम्भिक पहिचान र उपचारको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले सत्र आयोजना गरिएको हो।

आयोजित जनचेतना मुलक कार्यक्रममा बाल चिकित्सक हेमाटोलोजिष्ट ओन्कोलोजिस्ट तथा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डा. अञ्जली पण्डितले बालबालिकामा हुने क्यान्सरबारे जानकारी गराइन्।

विगत ८ वर्षदेखि यही क्षेत्रमा सक्रिय डा. पण्डितले बाल क्यान्सरको गाम्भिर्यता र सचेतनाबारे प्रकाश पारिन्। उनले बाल रोग हेमाटोलोजिक र ठोस ट्युमरहरूको सफलतापूर्वक उपचार गरिसकेकी छन्।

यस महत्त्वपूर्ण कार्यमा सहकार्य गर्न पाउँदा आफूहरु गौरवान्वित भएको हार्ड रक क्याफे काठमाडौंका सहायक महाप्रबन्धक नारायण सुवेदीले बताए।

उनले बाल्यकालमा क्यान्सरसगँ लड्न यो सेसनले ज्ञान र चेतना बढाउनेमा हामी विश्वस्त लिदै भने ‘हामी हाम्रो समुदायलाई बाल रोग हेमाटोलोजी र ओन्कोलोजीको बारेमा ज्ञान दिन भरपुर प्रयास गर्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+