नेपाल क्यान्सर अस्पतालमा कल्चरल कार्यक्रम

20 Jun 2024 Event

 

ncch

ललितपुर। हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले एक विशेष कार्यक्रम आयोजना आफ्नो स्थापनाको सातौ वार्षिकोत्सव मनाएको छ।

शुक्रवार अस्पतालका संचालक, डाक्टर, कर्मचारी तथा व्यवसायिक साझेदार र शुभचिन्तकको उपस्थितिमा ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक विशेष कार्यक्रम आयोजना गरेर अस्पतालले सातौं वार्षिकोत्सव मनाएको हो।

७ वर्षअघि ‘नेपालीको क्यान्सर उपचार नेपालमा नै’ भन्ने उद्देश्यका साथ स्थापना भएको क्यान्सर अस्पतालले यस अवसरमा ‘आशा’ नामक म्यागाजिनको नयाँ अंक सार्वजनिक समेत गरेको छ।

वार्षिकोत्सव अवसरमा सांस्कृतिक तथा खेलकूद प्रतियोगिताका विजेता, स्पोन्सर तथा व्यवसायिक साझेदार हरुलाई  पुरस्कार तथा टोकन अफ लभ प्रदान गरिएको थियो।

नेपाल क्यान्सर अस्पतालमा अहिले दैनिक ओपीडीमै औसतमा २ सय बढी बिरामीले सेवा लिन्छन्। १०० शैय्याको अस्पताललाई अस्पताल व्यवस्थापनले निक भविष्यमै ३०० शैय्यामा स्तरोन्नती गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+