नेपाल क्यान्सर अस्पतालले हात्तीवन आवासवासीलाई उपचारमा १० प्रतिशत छुट दिने

नेपाल क्यान्सर अस्पतालले ललितपुरको हात्तीवन आवासमा बस्नेहरुको लागि उपचारमा १० प्रतिशत छुट दिने भएको छ ।

हात्तीवन हाउजिङ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठ र हात्तीवन हाउजिङका अध्यक्ष कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा बसोबास गर्दै आएका वासीन्दालाई क्यान्सर सम्बन्धि सचेतना पनि प्रदान गरिएको थियो । हात्तीवन आवासमा कूल ६९ घर र १५९ सदस्य रहेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 15 seconds