नेपाल क्यान्सर अस्पतालमा दुरविनको मद्दतले श्वासको मुख्य नलीमा भएको क्यान्सरको सफल शल्यक्रिया
काठमाडाैं- नेपाल क्यान्सर अस्पतालमा दुरविनको मद्दतले श्वासको मुख्य नलीमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
क्लिनिकल इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डाक्टर विश्वास शर्माको टिमले अस्पतालमा उपचार गर्न आएका एक विरामीको उक्त शल्यक्रिया गरेका हुन् । डा शर्माका अनुसार ती बिरामीको श्वासको मुख्य नलीमा भएको ४.५ सेन्टीमिटर अर्थात् ८० प्रतिशत भाग ओगटेको क्यान्सरको दुरविनबाट सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
‘इन्टरभेन्सनल पल्मोनोलोजिस्ट भन्नाले दुरबिन तथा अल्ट्रासाउन्डको प्रयोगबाट फोक्सोको रोगको विभिन्न किसीमका निदान तथा उपचार गर्नु हो’ उनले भने, ‘यसमा छातीको ठूलो चिरफार गरिँदैन ।’ यो सफल शल्यक्रियासँगै यस्तो जटिल शल्यक्रिया नेपालमै सम्भव रहेको प्रमाणित भएको उनले बचाए ।
आफु्नो नेपालमै उपचार सम्भव भएपछि ती बिरामी हर्षित भएका छन् । ‘छोराले उपचार गराउन भारत जाउ भन्दैथियो । तर, नेपालमै सम्भव भएकाले मैले यतै गराऔं भने । नेपाल क्यान्सर अस्पतालका डाक्टर विश्वास शर्माको टिमले मेरो सफलतापूर्व शल्यक्रिया गर्नुभएको छ’ उनले भने ।