स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’

स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’

 नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन पिंक क्यान्डल लाइट इभेन्ट गरेको छ ।

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिइने भएकाले यो महिनाभर अस्पतालले विभिन्न कार्यक्रम गरेको थियो । गत मंगलबार अस्पतालले हार्ड रक क्याफेसँको सहकार्यमा पिंक दीप प्रज्वलन कार्यक्रम गरेको थियाे  । उक्त कार्यक्रममा उपचारका लागि सहयोगी हातहरु र नेपाल क्यान्सर सपोर्ट ग्रुपको पनि सहकार्य रहेको थियो । आशाको लागि ज्योति भन्ने नारासहित सबै जनाले पिंक कलरको ड्रेस लगाएर पिंक नै दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे, अन्य चिकित्सक, कर्मचारी तथा क्यान्सर सर्भाइभर्सको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+