फिजियोथेरापी दिवसमा नेपाल क्यान्सर अस्पतालको अन्तरक्रिया कार्यक्रम
विश्व फिजियोथेरापी दिवसको अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालको फिजियोथेरापी युनिटले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अस्पतालको फिजियोथेरापी युनिट प्रमुख तथा फिजियोथेरापिस्ट राजेन्द्र खत्रीले हाडजोर्नी मात्र नभएर हरेक रोगमा छिटाे निको हुनका लागि फिजियोथेरापीको महत्व भए जस्तै क्यान्सर रोगमा पनि यो रोगलाई जित्नका लागि र पुरानै अवस्थामा आउनका लागि फिजियोथेरापी अत्यन्त आवश्यक रहेको जिकीर गरे । उनले अझ शल्यक्रिया गरीसकेका बिरामीलाई त फिजियोथेरापीले पहिलेकै अवस्थामा आउन निकै मद्दत गर्ने बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले फिजियोथेरापीको