समाचारगृहपृष्ठ समाचार नेपाल क्यान्सर अस्पतालमा ‘विश्व हेड एन्ड नेक’ क्यान्सर दिवसमा एक दिने कार्यशाला सम्पन्न नेपाल क्यान्सर अस्पतालमा ‘विश्व हेड एन्ड नेक’ क्यान्सर दिवसमा एक दिने कार्यशाला सम्पन्न

 

ncch

हरिसिद्धिमा स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विश्व हेड एन्ड नेक क्यान्सर दिवसका अवसारमा हेड एन्ड नेक ओन्कोलोजीबारे एक दिने कार्यशाला सम्पन  गरेको छ।

जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ ।कार्यक्रममा हेड एण्ड नेक क्यान्सर विशेषज्ञहरूको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा राजीव गान्धी र अमृता अस्पतालका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले क्यान्सर उपचारको बारेमा आफ्नो धारणा प्रस्तुत गरेको थिए।

कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठले पछिलो समय नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको जानकारि दिए ।

त्यसै गरि डा. प्रभातचन्द्र ठाकुर हेड एण्ड नेक ओन्कोलोजी युनिटका प्रमुखले टाउको र घाँटीको क्यान्सर उपचारको बारेमा आफ्नो अनुभव तथा विषयगत प्रस्तुति दिएका थिए।

हेड एण्ड नेकका क्यान्सर बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरुले आफ्नो अनुभव आदान/प्रदान गरेका थिए। डा.नवीन बज्राचार्यले क्यान्सर उपचारमा रेडिएसन थेरापी महत्व बारे प्रस्तुति दिएका थिए।

डा सुब्रनिया अय्यर,  डा मुदित अग्रवाल, डा। प्रवीण अहलावत,  डा। हरि ढकाल, डा। देजराज गौतम, डा। सुरेन्द्र बस्नेत,  डा बजरंग, डा तोरण केसी, डा एसआईर, डा कुञ्जन, डा सरोज चटौत तथा डा सागर महर्जनले हेड एण्ड नेक क्यान्सर तथा त्यसको उपचार बिधि र अभ्यासबारे आफ्नो अवधारणा राखेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+