नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमेटेडको दोस्रो साधारण सभा सम्पन्न, १०.५ प्रतिशत नगद लाभांश पारित

 

ncch

ललितपुर। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमेटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ।

आठ वर्ष अघि प्रइभेट कम्पनीका रुपमा संचालनमा रहेको यस अस्पतालको पब्लिक लिमिटेड कम्पनी भएपछीको दोस्रो साधाररण सभा सम्पन्न भएको हो।

कम्पनीका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा असार २९ गते शनिवार ललितपुरमा सम्पन्न भएको दोस्रो साधारणसभाले आर्थीक वर्ष २०७९/८० को नाफाबाट शेयर धनी सदस्यहरुलाई १०.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ।

त्यसैगरी साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, आव २०७९/८० को लेखा परिक्षण प्रतिवेदन पास गर्दै आव ०८१/८१ का लागि लेखा परिक्षक नियुक्ति समेत गरेको छ।

बैठकमा कम्पनीका ५० भन्दाबढी शेयर सदस्यहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+