प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल बीच छूट सम्झौता
काठमाडौं- प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको छ ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बाग्मती प्रदेश-३ का प्रमुख राजु के.सी., शाखा प्रबन्धक अमित बज्राचार्य र हस्पिटलका तर्फबाट अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने क्यान्सर हस्पिटलकी मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी दिइन् ।
उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धि क्यान्सरका डा प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए