नेपाल क्यान्सर हस्पिटलमा रेडिएसन सेवा सुरु गरेको ७ बर्ष पुरा

 

ncch

नेपाल क्यान्सर हस्पिटलमा रेडिएसन सेवा सुरु गरेको ७ बर्ष पुरा

ललितपुर। नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी,ललितपुरमा रेडिएसन सेवा सुरु गरेको ७ बर्ष पुरा भएको छ।

क्यान्सर बिरामीहरूलाई आवश्यक पर्ने उपचार बिधी रेडियोथेरापीको गुणस्तरीय सेवाबाट विगत सात वर्षमा धेरै विरामीले लाभ लिएका छन्।

क्यान्सर रोग उपचारको महत्वपूर्ण विधिमध्ये रेडियसन थेरापी पनि एक हो।

क्यान्सर भएको पुष्टि भएपछि शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीद्वारा यसको उपचार गरिन्छ। करिब ७० प्रतिशत क्यान्सरका बिरामीलाई कुनै न कुनै इन्टेन्सन रेडियोथेरापी दिनुपर्ने हुन्छ।

रेडिएसन अन्कोलोजी अन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवाहरु उपलब्ध छन्। रेडियोथेरापी अन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृष्ट  लिन्याक मेसिन ‘भेरियन  “ट्रु  बिम” यस अस्पतालमा उपलब्ध रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा विभागीय प्रमुखका रेडियसन अंकोलोजिस्ट डा. गिसुपनिख प्रसिकोले जानकारी दिए।

नेपालको अवस्थालाई हेर्दा रेडियोथेरापीका लागि १० लाख जनसंख्यामा एउटा लिनियर एक्सिलरेटर वा अन्य बाहिरी रेडियस थेरापी प्रयोग गर्ने उपकरण चाहिन्छ। जसलाई आधार मानेर हेर्दा नेपालमा ३० वटा जति मेसिनको आवश्यकता पर्छ। तर, नेपालमा जम्मा पाँचवटा मात्र रहेको उनले जानकारी दिए।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर क्यान्सर  बिरामीहरुलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीहरु सँग सामना गर्ने उद्देश्यले  स्थापना भएको हो। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनताका आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 15 seconds