नेपाल क्यान्सर हस्पिटलले रेडियोग्राफी दिवस मनायो

 

ncch

काठमाडौं । नेपाल क्यान्सर हस्पिटलले रेडीयोलोजी दिवस को उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा  अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ रहेका थिए भने डा. गिसुपनिख प्रसीकोले स्वागत मन्तव्य राखदै कार्यक्रम सुरु गरेका थिए । कार्यक्रम बोल्दै डा. सुदीप श्रेष्ठले आधुनिक सरल चिकित्सा क्षेत्रको उपचार प्रणालीमा  रेडीयोलोजी महत्वपूर्ण योगदान रहने बताए।

त्यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ बताए।

‘बिरामी सुरक्षाको उत्सव मनाउँदै’ भने नाराका साथ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले उक्त कार्यक्रम आयोजना गरेको थियो । विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा नोभेम्बर ८ तारिखलाई विश्व रेडियोग्राफी मनाउने चलन छ ।

रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन् । मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ ।

साथै उक्त कार्यक्रममा डा. सरोज चटौतले हस्पिटलका सबै रेडीयोलोजी विभागका स्टाफहरुको लगनशीलता र कर्तब्य निष्ठाको खुलेर  प्रशंशा गरेका थिए  र केक काटि कार्यक्रम सम्पन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+