स्तन क्यान्सरबारे सचेतना जगाउन दीप प्रज्वलन

 

ncch

स्तन क्यान्सरबारे सचेतना जगाउन दीप प्रज्वलन (फोटोफिचर)

स्तन क्यान्सरबारे सचेतना जगाउन दीप प्रज्वलन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’ दीप प्रज्वलनको आयोजना गरेको छ ।

अस्पतालले उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको समेत सहयोगमा उक्त दीप प्रज्वलन कार्यक्रम गरेको हो । ‘आशाको लागि ज्योति’ नारासहित सबैले गुलाबी कलरको ड्रेस लगाएर गुलाबी नै मैनबत्ती बालेका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ लगायतका चिकित्सक, स्तन क्यान्सर सर्भाइभर, कर्मचारी लगायतको उपस्थिती थियो । अक्टोबर महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रुपमा लिई विभिन्न कार्यक्रम गर्ने गरिन्छ । सोही अनुरुप अस्पताल प्रांगणमा मंगलबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 15 seconds