फिजियो थेरापी दिवस नेपाल क्यान्सर हस्पिटलमा सम्पन्न

9 Sep 2022 Event
फिजियो थेरापी दिवस नेपाल क्यान्सर हस्पिटल,सेप्टेम्बर ८ ।
आज फिजियोथेरापी दिवश । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवश मनाउने गरीन्छ ।
यस वर्षको थिम ओस्टियोआर्थराइटिस र फिजियोथेरापिस्टको महत्वपूर्ण रहेको छ। नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ ड़ा राजेन्द्र खत्री भन्नुहुन्छ: सामान्यत: फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ । नयाँ नयाँ रोग देखा परेसँगै यसको उपचारमा पनि नयाँ प्रविधि र उपाय आविष्कार भएका छन् । कतिपय रोग लाग्नुको कारण स्पष्ट नहुँदा औषधि समेत बनेका छैनन् । यद्यपि, रोग निदानका लागि अबलम्वन गरिने विधी तथा तरीका भने हुँदै नभएका हनेइनन् । यस्ता समस्या समाधानका लागि फिजियो थेरापी उपयुक्त उपचार पद्धति हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको आजको कार्यक्रममा हस्पिटलका कार्यकारी अधिकृत डा बच्चु कैलाश कैनीले स्वागत मन्तब्य दिनुभएको सो कार्यक्रम संचालन मार्केटिंग मेनेजर स्मिता बमले गर्नुभएको थियो। सो कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामी हरुलाई फिसोयोथेरापीको महत्व बारे चर्चा गर्नुभएको थियो भने हस्पिटलका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेले धन्यबाद ज्ञापन गर्दै नेपाल क्यान्सर हस्पिटल फिजियोथेरापी युनिटले उत्कृष्ट सेवा गरेकोमा सरहाना गर्नुभएको थियो। हस्पिटलमा फिजियोथेरापी सेवा लिएका बिरामीहरुले आफ्नो अनुभव बाडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds