नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शुक्रवार पाटनको कृष्ण मन्दिरमा भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण

23 Aug 2022 Event

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शुक्रवार पाटनको कृष्ण मन्दिरमा भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा रक्त परीक्षण पनि गरिएको थियो । कृष्ण जन्माष्टमीका अवसरमा व्रतालु भक्तजनहरूलाई स्वास्थ्य परीक्षण गर्नुका साथै स्याउ ,केरा, ग्लुकोज पानी लगायतको खानेकुरा पनि वितरण गरिएको थियो ।

कृष्ण जन्म अष्टमीको दिन पारेर गरेको कार्यक्रममा ५ हजार भन्दा बढी भक्तजन तथा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा लिएको नेपाल क्यान्सर हस्पिटलले जनाएको छ ।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले विगत लामो समय देखी विभिन्न चाडपर्वमा स्थानीय आयोजकहरूसँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा पुगी निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न कार्यक्रमहरू तालिम गोष्ठी सामाजिक स्वास्थ्य कार्यक्रम गरिरहेको र भोलिको दिनहरूमा पनि गर्ने सेन्टरकी मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि “नेपालीको क्यान्सर उपचार नेपाल मा नै” भन्ने उद्देश्यले काम गरिराखेको छ । साथै क्यान्सर पीडितलाई उपचार गराई सेन्टरको तर्फबाट ४० हजार भन्दा बढी बिमारीले उपचार सेवा पाइसकेको जानकारी गराइयो ।

नेपालको कुनै पनि प्रकारको क्यान्सर रोगीको लागि राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलको रूपमा सेन्टरले सेवा उपलब्ध गराइरहेको छ । साथै क्यान्सर रोग लाग्न नदिन सावधान अपनाउनु पर्ने विभिन्न ठाउँमा जनचेतना कार्यक्रम पनि सन्चालन गरिरहेको नेपाल क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले जानकारी गराउनुभयो ।

————-source: News of Nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds