नेपाल क्यान्सर हस्पिटलद्वारा पाचौ बार्षिकोत्सवको अबसरमा पैदलयात्रा

28 May 2022 Event
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center )द्वारा बार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न :
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center )ले पाचौ बार्षिकोत्सवको अबसरमा आज पैदलयात्रा सम्पन्न गरेको छ। ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको उत्कट पैदल यात्रामा नेपाल क्यान्सर हस्पिटलका कर्मचारीहरु, संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुह (Nepal Cancer Support Group -NCSG )का सदस्यहरु र हस्पिटलका शुभचिन्तकहरु सहभागी थिए। पैदल यात्रामा सहभागी उत्साहित जनसमुहले “नेपालीको क्यान्सर उपचार नेपाल मै “, “उत्कृष्टसंग उपचार कहाँ, नेपाल क्यान्सरमा ” जस्ता ब्यानर सहितका नाराहरु लगाउदै पाटनको दरवार चोकमा र जावलाखेलमा चकित नाच (फ्लाश मोब ) प्रदर्शन गरेका थिए। फ्लाश मोबको अबसरमा प्रदर्शन गरिएको चकित नाच र बजेको गीतबाट सम्पूर्ण दर्शकहरु मन्त्रमुग्ध भएर ताली पिट्नुको साथै स्वयम पनि नृत्य गरेका थिए।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अबसरमा बिबिध कार्यक्रम गर्दै आइरहेको छ।
# नेपाल क्यान्सर हस्पिटलको बार्षिकोत्सव #
## फ्लाश मोब ##

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds