नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको १०औं साधारणसभा सम्पन्न:

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको १०औं साधारणसभा सम्पन्न:

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरको १०औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । हस्पिटल सञ्चालक समितिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

सञ्चालक समिति सदस्य महेश्वर श्रेष्ठ (सिन्या) द्वारा प्रस्तुत गरिएको अस्पतालको आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ नाराका साथ सञ्चालित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विदेशमा उपलब्ध हुने अत्याधुनिक प्रविधिलाई भित्र्याई एउटै छानामुनि क्यान्सर उपचार प्रदान गर्दै आइरहेको छ । नेपाली जनताको आर्थिक पहुँच भित्र रही गुणस्तरीय क्यान्सर सेवाहरु प्रदान गर्न अस्पताल सफल रहेको अध्यक्ष श्रेष्ठले बताए । अस्पतालले रेडियो थेरापी, किमो थेरापी, टार्गेटेद थेरापी र इमिनो थेरापी आदि सेवा उपल्ब्ध गराउँदै आइरहेको छ ।

हस्पिटलले नेपालीहरुले आफ्नो क्यान्सरको उपचारको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै सम्पूर्ण चरणको विभिन्न क्यान्सरको सफलतापूर्वक उपचार गरिरहेको डा. श्रेष्ठले बताए । अस्पताल संचालक समितिले स्वीकृत गरेको रणनीतिहरु अनुसार यस हस्पिटलको सेवाहरुमा थप सेवाहरु विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन गृहकार्य भइरहेको उनले जानकारी दिए ।

साधारण सभामा तय भएको सर्वसाधारण शेयर धनीद्वारा ९ जना बोर्ड मेम्बर निर्वाचित भएका छन् ।

स्रोत : आर्थिक आवाज 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds