अक्टोबर महिना स्तन क्यान्सर सचेतना (Breast Cancer Awareness) महिना

4 Oct 2021 Event
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर(Nepal Cancer Hospital & Research Center ) ले हरेक बर्षजस्तै यस बर्ष पनि अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना (Breast Cancer Awareness) महिनाको रुपमा मनाउने भएको छ । “स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ” भन्ने नारालाई आम जनमानसमा पुरयाउन हस्पिटलले महिना भर स्तन क्यान्सरसम्बन्धी उपचारमा बिशेष छुट दिने समाचार सार्वजनिक गरेको छ ।
अस्पतालका सर्जिकल अन्कोलोजी तथा स्तन क्यान्सर विभागीय प्रमुख डा कपेंद्र शेखर अमात्य (Kapendra Shekhar Amatya ) भन्नुहुन्छ: विश्वमा महिलाहरुमा सबैभन्दा बढी हुने क्यान्सर नै स्तन क्यान्सर हो। क्यान्सर रोगको समयमै पहिचान नहुँदा धेरै महिलाको अकालमा ज्यान जाने गरेकोछ। त्यसैले स्तन क्यान्सर प्रारम्भिक चरणमै निदान र उपचारको लागि सचेतनाको जरुरत छ।
त्यस्तै स्तन क्यान्सर विशेषज्ञ एबम अङ्कोप्लाष्टिक सर्जन डा प्रफुल्ल शाक्य (Prafulla Shakya )भन्नुहुन्छ :क्यान्सरको लक्षण थाह नहुँदा र सामान्य परीक्षण समेत नगर्दा नेपाली महिलाहरु अन्तिम स्टेजमा परामर्शमा आउने गरेको भन्दै यसले रोग निको हुने दरमा कमि हुने गर्दछ ।
‘विकसित देशमा स्तन क्यान्सर ५० बर्षको हाराहारीमा देखिन्छ तर नेपालमा आधा भन्दा बढी क्यान्सर ४० बर्ष नपुग्दै देखिएको छ । त्यस्तै विकसित देशमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा नै थाह हुने गरेको छ तर हामी कहाँ अन्तिम स्टेजमा मात्रै अस्पतालमा आएको पाइन्छ । यसले रोग निको हुने दरमा समस्या थपेको छ,’ डा. शाक्य भन्नुहुन्छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center) स्तन क्यान्सर बिभाग स्तन क्यान्सर जनचेतना महिनाको अवसरमा यदि कसैलाई कुनै स्तन क्यान्सरका शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गर्दै सबैलाई स्तन क्यान्सर बिरूद्ध लड्न र एक्यबद्दता जनाउनुहुन हार्दिक अनुरोध गर्दछ।
स्तन क्यान्सर बिभाग , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर🙏👏❤

Leave a Reply to หวยออนไลน์ Cancel reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds