नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधि सम्बन्धी जनचेतना प्रदर्शनी

28 Sep 2021 Event

काठमाडौं, १२ असोज । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधि सम्बन्धी जनचेतना दिने उद्देश्यले प्रदर्शनी सञ्चालन भइरहेको छ । विश्व फर्मासिस्ट दिवसको अवसरमा औषधि सम्बन्धी जनचेतना जगाउने तथा परामर्श दिने उद्देश्यले सप्ताहव्यापी प्रदर्शनी सञ्चालन गरिएको अस्पतालका वरिष्ठ क्लिनिकल फर्मासिस्ट पुष्कर कुँवरले जानकारी दिए । शनिवारदेखि शुरू भएको उक्त कार्यक्रम एकसातासम्म चल्ने उनले जानकारी दिए । प्रदर्शनीमा औषधि सम्बन्धी विभिन्न सन्देश मुलक पोस्टरहरु बनाई प्रस्तुत गरिएको छ । बिरामी तथा उनका आफन्तहरुलाई औषधि कसरी सुरक्षित रूपमा प्रयोग गर्ने, यसका नकारात्मक असर कसरी कम गर्न सकिन्छ भन्ने बारे जानकारी दिने, औषधि सम्बन्धी आवश्यक परामर्श दिने तथा उनीहरूको जिज्ञासा मेट्ने काम उक्त प्रदर्शनी भइरहेको उनले बताए। सकेसम्म धेरै जना बिरामी र उनका आफन्तहरुलाई परामर्श दिने हेतुले कार्यक्रम एकसाता राखिएको हो । क्यान्सरका औषधि जटिल हुने हुनाले बिरामीमा असर तथा जिज्ञासा निकै आउँने गरेको उनले बताए। अस्पताल फार्मेसीको सेवा नेपालका प्रायः अस्पतालमा भए पनि क्लिनिकल फार्मेसीको सेवा कमै अस्पतालमा हुँदा यहाँको यस सेवाले बिरामी र उनका आफन्तहरूले खुशी अनुभव गरेको बताए ।  यस अस्पतालले विश्व फर्मासिस्ट दिवसको अवसरमा गत शनिवार विभिन्न कार्यक्रम समेत आयोजना गरेको थियो । ललितपुरको हरिसिद्धमा रहेको यो रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो ।

Source: https://www.hamrodoctornews.com/detail/22023

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds