बिश्व फार्मेशी दिवश

26 Sep 2021 Event
आज बिश्व फार्मेशी दिवश ।
हरेक वर्ष सेप्टेम्बर २५ तारीखका दिन यो दिवश मनाउने गरिन्छ ।
नेपाल क्यान्सर हस्पिटल फार्मेसी विभागले यो दिवसको उपलक्ष्यमा कोभिड-१९ को विषम परिस्थितिको बाबजुद पनि उच्च सतर्कता तथा दुरी कायम गरी सानो तथा बिशेष कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी हस्पिटलका कार्यकारी अध्यक्ष तथा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ (Sudip Shrestha )ले फार्मेसी सम्पूर्ण चिकित्सा क्षेत्रको हतियार भएकोले सम्पूर्ण उपचार प्रणालीमा फार्मेसीको महत्वपूर्ण योगदान रहने बताउनुभयो। हस्पिटलका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire )ले हस्पिटलले ठूलो मात्रामा संबेदनशील औषधीको बिक्री वितरण गर्दै आएको बास्तबिकता ब्यक्त गर्दै कोभिड-१९ को विषम परिस्थितीमा पनि बिचलीत नभई हस्पिटलका फार्मासिष्टहरुले गरेको सेवा अनुकरणीय रहेको बताउनुभयो। त्यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा बच्चु कैलाश कैनी (Bachchu Kailash Kaini )ले फार्मेशी सेवा चिकित्सा सेवाको अभिन्न अंग रहेको बताउदै यस हस्पिटलका सबै फार्मेशी स्टाफहरुको लगनशीलता र कर्तब्यनिष्ठाको खुलेर प्रशंशा गर्नुभएको थियो।
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center)का फार्मेसी विभाग प्रमुख पंकज बैद्य (Pankaj Vaidya )र क्लिनिकल फार्मेशिष्ट पुष्कर कुवर (@pushkar kuwar) ले मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको संचालन फार्मासिष्ट निराजन रेग्मीले गर्नुभएको थियो।
नेपाल क्यान्सर हस्पिटल फार्मेसी बिभाग सम्पूर्ण कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र आम शुभचिन्तकहरुमा फार्मेसी दिवसको अबसरमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछ।
—-नेपाल क्यान्सर हस्पिटल फार्मेसी बिभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds