बालक्यान्सर : एक संक्षिप्त जानकारी
डा. अन्जली पण्डित
बाल क्यान्सर रोग बिशेषज्ञ
नेपाल क्यान्सर हस्पितल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि
बालक्यान्सर : एक संक्षिप्त जानकारी
बालबालिका र किशोर अवस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर (Childhood Cancer ) भनिन्छ । प्रत्येक वर्ष करिव ४००,००० बच्चाहरू क्यान्सर रोगले ग्रस्त हुन्छन् । नेपालमा वार्षिक १५०० जना बालबालिकामा क्यान्सर हुने गरेको अनुमान छ । तर अझै पनि करिब ५०० जनाभन्दा बढी उपचारको पहुँचमा आउन सकेका छैनन् । बालबालिकामा क्यान्सर हुने कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । डिएनएमा नै ड्यामेज भएर क्यान्सर हुने हो । तर डिएनए ड्यामेज हुनुको कारण के हो भन्न सकिने अवस्था पनि छैन ।
पछिल्ला वर्षहरूमा क्यान्सर रोगका बिरामीहरू दिन–प्रतिदिन बढिरहेको पाइन्छ । करोडौँ सुक्ष्म कोषहरूले मानव शरीर बनेको हुन्छ । यस्ता कोषमा कुनै कारणवश खराबी आयो भने अनियन्त्रित रूपमा धेरै कोषहरू जन्मन्छन् । पछि त्यही मासुको डल्लो (ट्युमर) बन्छ र पछि त्यही क्यान्सरको रूपमा देखा पर्छ । मुख्यतय: बालबालिकामा देखिने क्यान्सरको प्रकार भनेको ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा र ठोस ट्युमर जस्तै : न्यूरोब्लास्टोमा र विल्म्स् ट्युमर ।
वयस्क व्यक्तिमा हुने विभिन्न खालका क्यान्सर रोकथाम गर्न सकिन्छ तर बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन । त्यसैले बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको छिटो पत्ता लगाउने र छिटो उपचार गर्ने नै हो । बालबालिकामा हुने क्यान्सरको जति छिटो उपचार ग¥यो, त्यति नै छिटो निको हुने सम्भावना रहन्छ । बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन् । ती मध्ये सबैभन्दा धेरै देखिएको भनेको रक्त क्यान्सर नै हो । विकसित देशहरूमा रक्त क्यान्सर भएका ९० प्रतिशत बालबालिका निको हुन्छन् तर अल्पविकसित देशहरूमा भने यस्तो अवस्था छैन । ५०- ६० प्रतिशत मात्र निको हुने सम्भावना छ ।
बालबालिकामा देखिने लक्षणहरू ः
१) रगतको कमी भई सेतो देखिनु, त्यत्तिकै रगत बग्नु, हड्डी दुख्नु ।
२) असाधारण रुपमा तौलमा कमी वा ज्वरो, निको नभएको खोकी वा स्यास्या वा रातीमा पसिना आउनु ।
३) सुन्निनु वा फुल्नु, ज्वरो दुखाई वा अन्य लक्षण बिना कुनै अङ्ग वा भाग सामान्य भन्दा ठूलो हुनु ।
४) आँखामा परिवर्तन – सेतो नानी, डेडो हुनु, सुन्निु वा दृष्टि गुमाउनु ।
५) पेट असामान्य रूपमा सुन्निनु वा फुल्नु ।
६) टाउको दुख्नु (अत्याधिक) र बान्ता हुनु (विशेष गरी बिहानी पख)
७) गोडा दुख्नु वा हड्डी दुख्नु, चोट नलागी सुन्निु वा संक्रमणका लक्षण हुनु ।
८) चाँडो गलनु, आलस्य हुनु र झोक्राउनु ।
९) चक्कर लाग्नु, शरीरको सन्तुलन कायम गर्ने क्षमता गुमाउनु ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बाल रोग (पेडीयाट्रिक) बिभाग बाल क्यान्सर जनचेतना महिनाको अवसरमा यदि कुनै बच्चालाई क्यान्सरका शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गर्दै सबैलाई बाल क्यान्सर बिरूद्ध लड्न र एक्यबद्दता जनाउनुहुन हार्दिक अनुरोध गर्दछ।