सेप्टेम्बर महिना, ब्लड क्यान्सर जनचेतना महिना:

13 Sep 2021 Article, Event

सेप्टेम्बर महिना, ब्लड क्यान्सर जनचेतना महिना:

सेप्टेम्बर महिना विश्वभरी ब्लड क्यान्सर जनचेतना महिनाको रुपमा मनाइने गरिन्छ ।
ब्लड क्यान्सर बिश्वभरी बढ्दो रुपमा पाइन थालेको छ। अमेरिकाको तथ्यांक अनुसार प्रत्येक तीन मिनेटमा एक जनालाई ब्लड क्यान्सर लागेको पाइन्छ। त्यस्तै नेपालमा पनि अहिले यो बढ्दो रुपमा पाइन थालेको छ। त्यसकारण ब्लड क्यान्सर बारेमा जानकारी हुन जरुरी छ। हाम्रो समाजमा अझै पनि धेरैलाइ ब्लड क्यान्सर बारे जनचेतनाको कमि भएको पाईन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका हेम्याटोलोजी विभागीय प्रमुख, कन्सल्टेन्ट क्लिनिकल हेम्याटोलोजिस्ट ड़ा अमित श्रेष्ठ (Amit Shrestha) भन्नुहुन्छ :
पहिला नेपालमा ब्लड क्यान्सरको उपचार असम्भब मानिन्थ्यो भने अहिले हेम्याटोलोजी क्षेत्रमा आधुनिक प्रविधिको विकास भएसंगै विभिन्न किसिमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय उपचार नेपालमै सम्भव हुनथालेको छ। प्रारम्भिक चरणमै निदान , परिक्षण र उपचार हुन सकेमा ब्लड (रक्त) क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ जीवन बिताउन साथै आम मानिस जस्तै दैनिक जीवन यापन गर्न सक्छन। ब्लड (रक्त) क्यान्सर बारेमा हाम्रो समाजमा अझै पनि जन चेतनाको कमि छ। त्यसैले ब्लड (रक्त) क्यान्सरका लक्षणहरुको बारेमा हामी सबैलाई जानकारी हुन जरुरी छ।
कसैलाई ज्वरो आइराख्ने ,छालामा रातो वा नीलो दाग धब्बा देखिएमा ,नाक गिजाबाट रगत बग्ने, गल्ने थाक्ने, चक्कर लाग्ने, जोर्नी तथा हड्डी दुख्ने , शरीरका भागहरुमा गीर्खागीर्खीहरु आउने र फियो कलेजो सुन्निने समस्या देखिएमा यो ब्लड क्यान्सरको लक्षण हो कि भनेर समयमै हेम्याटोलोजिस्टसंग परामर्श गर्नुपर्ने हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center) हेम्याटोलोजी बिभाग ब्लड क्यान्सर जनचेतना महिनाको अवसरमा यदि कसैलाई कुनै ब्लड क्यान्सरका शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गर्दै सबैलाई रक्त क्यान्सर बिरूद्ध लड्न र एक्यबद्दता जनाउनुहुन हार्दिक अनुरोध गर्दछ।👏❤🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds