हस्पिटलको चौथो वार्षिकोत्सवको हार्दिक शुभकामना

4 Jun 2021 Article, Event
आज ज्येष्ठ-२० गते ! नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )को चौथो वार्षिकोत्सव हो।
यहाँहरुलाइ अबगत नै छ, संसारभरि नै मानबजातीलाई चुनौती दिई उत्पन्न भएको यस कोभिड-१९ (COVID-19) को विषम घडीमा एकातिर हामी सबै लकडाउनको अबस्थामा छौ भने अर्कोतिर यस विषम परिस्थितिको बाबजुद पनि अग्रपंक्तिमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरु अहोरात्र खटिइरहनु भएको छ |
यस विषम घडीमा नेपाल क्यान्सर हस्पिटल परिवारले हाम्रो चौथो बार्षिकोत्सबलाई सधै मनाइरहेको जस्तो रुपमा मनाउन सान्दर्भिक ठानेंन।
यस अस्पताललाई आजको स्थितिसम्म पुर्याउनको निम्ति यस अस्पतालका स्वास्थ्यकर्मीहरु र कर्मचारीमित्रहरुको अमुल्य योगदान रहेको छ। यहाँहरुको यस अमुल्य योगदानलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ब्यबस्थापन तथा संचालक समितिले उच्च मुल्यांकन गरेको छ। यस विषम परिस्थितिमा पनि संयमतापुर्बक अहोरात्र सेवामा खटिइरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरुलाइ म ब्यबस्थापन तथा संचालक समितिको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु।
साथै यस अस्पतालको सेवालाई बिश्वास गरी यहाँहरुलाई सेवा गर्ने अवसर प्रदान गर्नुहुने सबै बिरामी तथा बिरामीका परिवारजनहरुमा धन्यबाद ज्ञापन गर्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने र यहाँहरुको अपेक्षालाई पूर्ण गर्ने प्रतिबद्दता पनि जाहेर गर्दछौ।
अन्त्यमा, यस अस्पताललाइ आजको स्थितिसम्म पुर्याउन प्रत्यक्ष/अप्रत्यक्ष, सहयोग गर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारी मित्रहरु, ब्यबस्थापन तथा संचालक समितीका पदाधिकारीहरु, शेयरधनीहरु, सरकारी तथा गैर सरकारी संस्थाहरु, स्थानीय समितीका महानुभावहरु, पत्रकार मित्रहरु , सुरक्षाकर्मी साथीहरु लगायतका सम्पूर्ण शुभचिन्तकहरुप्रति हस्पिटल परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ।
— सुदिप श्रेष्ठ, कार्यकारीअध्यक्ष, नेपाल क्यान्सर हस्पिटल , ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds