डा. सुदिप श्रेष्ठ नागरिक पुरस्कार प्रबल जनसेवा श्री बाट सम्मानित

15 Apr 2021 Article, Event

नेपाल सरकारद्वारा यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center Pvt.Ltd.) का कार्यकारी अध्यक्ष एवं बरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा सुदिप श्रेष्ठ महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट नागरिक पुरस्कार प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित हुनुभएको छ।
प्रमाणपत्रमा लेखिएको छ “नेपाल राष्ट्रको गौरब एबम नेपाली जनताको हित अभिवृद्धिमा तपाइँबाट भएको उल्लेखनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ। मानपदमीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरब एबम श्रीबृद्दिमा तपाईलाई थप सफलता प्राप्त हुनेछ। ”
नेपाल क्यान्सर हस्पिटल परिवार यस समाचारसंगै वास्तवमै अति गौरवान्वित भएको छ। यस पदवीले उहाँको पेशागत प्रतिष्ठामा सुनमा सुगन्ध ल्याउने दृढ विश्वासका साथ सम्पूर्ण नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर परिवार उहाँलाई यस सुखद घडीमा हार्दिक बधाई व्यक्त गर्दछौं।
—–नेपाल क्यान्सर हस्पिटल परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds