एक्काइसौँ सुदिप्त क्यान्सर सर्भाइभर भेला सम्पन्न

9 Mar 2021 Event

आज मार्च ८  तारेख  !
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर र उपचारका लागि सहयोगी हातहरुको  संयुक्त सहयोगमा एक्काइसौँ सुदिप्त क्यान्सर सर्भाइभर भेला सम्पन्न भएको छ।  कार्यक्रममा सपोर्ट ग्रुपले उपस्थित सम्पूर्ण क्यान्सर बिजेताहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै यस वर्ष संचालन गरेका विभिन्न प्रतियोगिताहरुमा विजयी हुनुभएका क्यान्सर सर्भाइभर महानुभावहरुलाई उपहार प्रदान गरेको थियो। कार्यक्रममा यस वर्ष आयोजना गरिएको कविता प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरु कवयत्री शान्ति शर्माज्यु  तथा दीपक यात्रीज्यु  साथसाथै प्रतियोगितामा प्रथम हुनुभएकी गंगा केसीज्युले आ-आफ्नो कविताहरु वाचन गरेर सुनाउनु भएको थियो। कार्यक्रममा  यस बर्ष आयोजना गरिएको टिकटक तथा कविता प्रतियोगिताका विजेताहरुलाई पनि पुरष्कृत गरिएको थियो ।  क्यान्सर सपोर्ट ग्रुपकी संयोजक श्रीमती स्वोरुपा श्रेष्ठज्युले  सभापतित्व गर्नु भएको र तारा अमात्यले धन्यबाद ज्ञापन गर्नु भएको र क्यान्सर बिजेता सुनिता तुलाधरले स्वागत मन्तब्य दिनुभएको  सो  कार्यक्रममा संयोजक श्रीमती स्वोरुपा श्रेष्ठले  यस टिकटक तथा कबिता  प्रतियोगिताले कोरोना महामारीले सम्पूर्ण क्यान्सर समाजमा ल्याइदिएको निराशापनलाई  तथा निरसतालाई धेरै हदसम्म कम गरेको कुरा बताउनुभयो।  यसैगरी सेलिब्रिटी क्यान्सर विजेता डली गुरुङज्युले आफुले नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरको प्रांगणमा रहने गरि एउटा बिजयी  घण्ट उपहार स्वरुप  दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्ट बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत क्यान्सर बिरामीको हौसला बढाईदिनुहुन पनि अनुरोध गर्नुभयो।  क्यान्सर बिजेता इन्दिरा  प्रधानाङ्गले नृत्य गर्नु भएको र योगा प्रशिक्षक सिमान न्यौपानेले  हौशला र हासोको महत्व बारेमा बोल्नुभएको सो कार्यक्रममा क्यान्सर बिजेता बबि शाक्यले आफूलाई क्यान्सर भएको २४ बर्ष भैसकेको सत्यता सुनाउदै क्यान्सरमाथि बिजय हाशिल गर्न सकिने यथार्थता सुनाउनु भएको थियो।  कार्यक्रममा क्यान्सर बिजेताहरुले सधै हौसला र प्रेरणा दिदै आउनुभएकी क्यान्सर सपोर्ट ग्रुपकी संयोजक स्वोरुपा श्रेष्ठलाई ग्रुपको अभिभाबकको भूमिका निर्बाह गर्नुभएकोमा दोसल्ला ओढाई अभिनन्दन  र  उपहार प्रदान गरेका थिए।

कार्यक्रममा पुरष्कृत क्यान्सर बिजेताहरु :
कबिता प्रतियोगिता :
१ . गंगा के सि —प्रथम
२ . श्रीजना लुइँटेल चापागाई –द्वितीय
३ . क ). अनिता श्रेष्ठ —तृतीय
ख) . लिना नेम्कुल –तृतीय
४ . मीना तुलाधर — चौथो
५ . क) . गीता चित्रकार —सान्त्वना (पाचौ)
ख ). लोकेश्वोरी शाक्य — सान्त्वना (पाचौ)
सेलेब्रेटि पुरस्कार
१ ) डली गुरुङ , चर्चित मोडेल
२) संगीता शाक्य , सुप्रसिद्द गायिका
ज्येष्ठ नागरिक पुरस्कार :
१ ) तारा प्रसाद त्रिपाठी , ७४ बर्षिय क्यान्सर बिजेता

यसैगरि   टिक टक च्यालेन्ज प्रतियोगितामा बिजेता पुरस्कृत  क्यान्सर बिजेताहरु
प्रथम . अनिता  श्रेष्ठ
द्वितीय . गंगा  के सि
तृतीय. मीना  तुलाधर
चौथो. पुनेय्स्वोरी  कोजु  महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds