नेपाल क्यान्सर हस्पिटलमा “विश्व क्यान्सर दिवस २०२१” भव्यताकासाथ सम्पन्न :

4 Feb 2021 Event
फेब्रअरी ४ तारेख !
आज नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरमा विश्व क्यान्सर दिवस २०२१ को उपलक्ष्यमा बीसौं सुदिप्त क्यान्सर सर्भाइभर भेला एवं पत्रकार सम्मेलनको आयोजना गरियो। सन् २०२० मा कोरोना महामारीका बिचमा हस्पिटलका नीति तथा गतिविधिहरुको चर्चा यस कार्यक्रममा गरिएको थियो। कार्यक्रममा बोल्दै हस्पिटलका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठ (@sudip shrestha)ले हस्पिटलका संक्रमण नियन्त्रण प्रयासहरुका बारेमा प्रकाश पार्नुभएको थियो र मेडिकल डाइरेक्टर ड़ा बिजेशराज घिमिरे (@bijesh raj ghimire)ले स्वास्थ्यकर्मी, कर्मचारी लगायतका अन्य हितैषिहरुलई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
क्यान्सर जितेर रोगबाट उन्मुक्ति पाएका क्यान्सर सर्भाइभरहरुले पनि आफ्ना क्यान्सर र कोरोनासंगको लडाईलाई विशेषरुपमा सम्झंदै आफ्ना अनुभव साटासाट गर्नुभएको थियो। कार्यक्रममा पत्रकारहरुको जवाफ दिंदै डा सुदिप श्रेष्ठले नेपालमा निजि क्षेत्रबाट स्वास्थ्यका क्षेत्रमा धेरै प्रगति गर्दै गईरहेका भएतापनि अझै पनि धेरै पुंजी लाग्ने प्रोटोनथेरापी मेशिन, पेट स्क्यानका लागि चाहिने रेडियो आइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन जस्ता उपकरणमा लगानी गर्नका लागि सरकार पनि तयार हुनुपर्ने र यसका लागि पब्लिक-प्राइभेट पार्टनरशीपको नमुनामा कार्य गर्न सकिने विचार प्रस्तुत गर्नुभयो। यस्तैगरी मेडिकल डाइरेक्टर बिजेश राज घिमिरेज्युले पत्रकारहरुको प्रश्नमा नेपाल क्यान्सर हस्पिटलमा यस महामारीका दौरानमा कोरोना संक्रमणका कारण बिरामीलाई कुनै आकस्मिक सेवाबाट बन्चित नगरेको र सम्पूर्ण सुरक्षाका माध्यमहरु अपनाई सम्पूर्ण सेवा सुविधाहरु निर्वाधरुपमा संचालन गरेको तथ्य प्रस्तुत गर्नुभयो।
आजै हस्पिटल हाताभित्र राखिएको घण्टीको पनि बिधिबत उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds