किन गर्ने वंशाणुगत क्यान्सर परीक्षण

हामीले बिरामीहरुको सुविधालाई ध्यानमा राखेर जेनेटिक काउन्सिल सेवा शुरु गरेका छौं । विरामीसँग अनुमति लिएर काउन्सिलिङ गरिन्छ । व्यक्तिको ३ पुस्ते इतिहास लिएर डायग्राम बनाइन्छ । त्यसलाई विश्लेषण गरेर वंशाणुगत हो वा होइन भन्ने निक्र्योल गर्नुपर्छ । सोही अनुसार उपचार र रोकथामका उपायहरु अवलम्बन गर्न सकिन्छ ।

क्यान्सर अहिले भयावह समस्याको रुपमा देखापर्न थालेको छ । क्यान्सरको लक्षण देखिदा सम्म क्यान्सर अन्तिम तहमा पुगिसकेको हुन्छ । यस बारे जानकारी हुँदा हुदै पनि अन्तिम अवस्थामा आउने विरामीको संख्या रोकिएको छैन । त्यसैले हामीले क्यान्सरका लक्षणसम्म पर्खन हुँदैन ।

सुरुको अवस्थामा पत्ता लगाएमा एक तिहाइ क्यान्सरबाट हामी बच्न सक्छौं । तर नेपालमा यस प्रकारको अभ्यास छैन ।
रोकथाम गर्न सकिने क्यान्सर प्राइमरी क्यान्सर हो भने शुरुको अवस्थामा पत्ता लगाउने क्यान्सर सेकेन्डरी हो । प्राइमरी प्रिभेन्सनका लागि खानपान लगायतका कुरा जोडिएका छन् । तर सेकेन्डरी क्यान्सर लक्षण देखिनुभन्दा अघि नै पत्ता लगाउनुपर्छ ।

यद्यपी हामी आफै सचेत भएर लक्षण बिना नै क्यान्सर भएनभएको पत्ता लगाउनुपर्छ । वर्षमा एक पटक जाँच गर्नुपर्छ ।
हाम्रो समाजमा ३० वर्ष नाघेका ब्यक्तिमा धेरै क्यान्सर देखिने गरेको छ । ३० वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह लगायतका धेरै रोगहरु पनि देखिन्छन् । त्यसैले स्वास्थ्य जाँच गर्ने बानीको बिकास ‘म’ बाट शुरु गर्नुपर्छ ।
कार्यालयहरुमा काम गर्ने स्टाफहरुलाई अनिवार्य रुपमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्नुपर्छ । यसका लागि हेल्थ इन्स्योरेन्सको व्यवस्था मिलाउनुपर्छ ।
शुरुको अवस्थामा पत्ता लगाएर उपचार गरेमा कम खर्चबाट क्यान्सर निको हुन्छ ।
५ देखि १० प्रतिशत वंशाणुगत क्यान्सर हुने भएकाले यसप्रति सचेत भएमा क्यान्सर हुनबाट बच्न सकिन्छ ।
यद्यपी वंशाणुगत क्यान्सर भएका परिवारले उचित परामर्श नपाउँदा क्यान्सर चौथो तहमा पुगेका धेरै उदाहरण भेटिन्छन् ।
जस्तोः ३५ वर्षमा स्तन क्यान्सर देखिएमा त्यो वंशाणुगत क्यान्सर हुनसक्छ । यस किसिमका व्यक्तिले वंशाणुगत परीक्षण गराउनुपर्छ ।

परिवारमा एकभन्दा बढी सदस्यलाई क्यान्सर देखिएमा, परिवारको एक व्यक्तिको २ वटा अंगमा क्यान्सर भएमा, परिवारको पुरुषमा स्तन क्यान्सर भएमा वंशाणुगत क्यान्सर हुनसक्छ । १ प्रतिशत पुरुषमा स्तन क्यान्सर हुने गरेको पाइन्छ । कुनै परिवारमा हुन नहुने क्यान्सर देखिएमा पनि वंशाणुगत हुनसक्छ । बच्चाहरुमा वंशाणुगत हुने क्यान्सर र वंशाणुगत नहुने दुवै क्यान्सर हुन्छ । त्यसैले परिक्षणका लागि आउने विरामीसँग विगतका सम्पूर्ण इतिहास सोध्न जरुरी हुन्छ ।
त्यसैले हामीले बिरामीहरुको सुविधालाई ध्यानमा राखेर जेनेटिक काउन्सिल सेवा शुरु गरेका छौं । विरामीसँ अनुमति लिएर काउन्सिलिङ गरिन्छ । व्यक्तिको ३ पुस्ते इतिहास लिएर डायग्राम बनाइन्छ । त्यसलाई विश्लेषण गरेर वंशाणुगत हो वा होइन भन्ने निक्र्योल गर्नुपर्छ । सोही अनुसार उपचार र रोकथामका उपायहरु अवलम्बन गर्न सकिन्छ ।

डा. सुदिप श्रेष्ठ, वरिष्ठ क्यान्सर विशेषज्ञ, नेपाल क्यान्सर हस्पिटल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds