24 hrs Helpline +977-1-5251312

अभियानका रुपमा थालियो सुर्तीजन्यपदार्थ रहित दिवस–२०१६

   

जेठ १८, ललितपुर

विश्वभरी सुर्तिजन्यपदार्थ रहित दिवस मनाइदै गर्दा ललितपुरको हरिसिद्धिमा स्थापित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयोजकत्वमा आजकै दिन ललितपुरबाट शुरुवात गर्ने प्रतिवद्धतासहित सूर्तीजन्य पदार्थबाट हुने क्यान्सर सम्बन्धि जनचेतनाको अभिबृद्धिकालागि प्रेस बिज्ञप्तिसहित प्रशिक्षण कार्यक्रम थालेको छ ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै नेपाल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर तथा ओन्कोलोजिष्ट डाक्टर डाक्टर विजेश राज घिमिरेले संसारभर ६० लाख मानिसको प्रत्येक वर्ष सुर्तिजन्य पर्दाथ सेबनका कारण र थप ६ लाखको धुम्रपानजन्य बातावरणमा रहनाले क्यान्सर भई ज्यान जाने गरेको बताए ।
उनले १ सय ६८ देशले विश्व स्वास्थ्य संगठनसँग सुर्तीजन्य पर्दाथ उन्मूलन सम्बन्धित सन्धिमा हस्ताक्षर गरेको भएपनि अहिलेसम्म सुर्तिजन्य पर्दाथ अधिकांश देशमा प्रयोग हुँदै आएको दुखद अवस्थाबारे जानकारी गराए । नेपालले यस सन्धीमा हस्ताक्षर गरेको १२ वर्ष बितिसकेको अवस्था र औसत मृत्युदर विकासोन्मुख देशहरुमा बढी पाइएको सन्दर्भमा प्रकाश पार्दै सन २०३० भित्र बर्षेनी ८० लाख क्यान्सरका कारण मृत्यु हुनसक्नेतर्फ उनले ध्यानाकर्षण गराए । विश्व स्वास्थ्य संगठनले विश्का सबै देशहरुका सरकारलाई प्लेन प्याकेजिङ लागू गर्नका लागि आग्रह गरेको कारणबारे चर्चा गर्दै डा. घिमिरेले नेपालमा पनि यसको तत्काल कार्यान्वयनको महत्वतर्फ ध्यानाकर्षण गराउनु भयो ।

औसतमा ६० वर्षमा भेटिने क्यान्सर रोग आजभोलि नेपालमा ३० वर्षको युवाहरुमा समेत देखिएकोमा चिन्ता व्यक्त गर्दै सूर्तीजन्य पदार्थ प्रयोग विरुद्ध जनचेतनामूलक कार्यक्रम लगायत क्यान्सर रोकथामकालागि अभियानको पहल भएको नेपाल क्यान्सर सपोर्ट ग्रुपका डा. सशांक शर्माले बताए ।

नेपालमा क्यान्सर रोगीहरुको पहिचान अक्सर अन्तिम अवस्थामा पुगेपछि हुने गरेको पाइन्छ । कार्यक्रममा २०६५ बैशाखमा क्यान्सर रोग पहिचान भई निरन्तर उपचारपछि मुक्ति पाएका ताराप्रसाद त्रिपाठीले आफूले सानैमा बूबालाई तम्बाकू सल्काएर दिंदै धुम्रपानको लतमा परेको सन्दर्भ सुनाउँदै आफ्नो गल्तीबाट भएको बेफाइदासँग सबैले सिकेर सुर्तीजन्य पदार्थ सेवन गर्ने बातावरण बन्न नदिन अनुरोध गरे ।

कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डाक्टर सुदिप श्रेष्ठले सुर्ती सेवनका कारण प्रजनन स्वास्थ्यमा समेत असर गर्ने, शरीरको स्वरुप बिग्रने लगायतका सुर्ती सेवनले गर्ने बेफाइदा र असरहरु बारे सबैलाई सचेत गराएका थिए । उनले यस्ता कुरा जनचेतनामूलक कार्यक्रमहरुमार्फत जनतालाई जानकारी गराउन सक्रिय अभियानको थालनी गरीएको जानकारी दिंदै ललितपुर केन्द्रित वडा जनस्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण आजैबाट थालिने बताए । यस अलावा उनले मानिसहरुमा रोग लागेपछि पनि रोगको उपचार गर्न ढीलाईका कारण अन्तिम अवस्थामा रोगीहरु आउने गरेको र किमोथेरापी सम्बन्र्धी गलत धारणा नराख्न सबैमा आग्रह गरे । उक्त समस्याको समाधान स्वरुप क्यान्सर सम्बन्धित प्रारम्भिक जाँच प्रवद्र्धन गर्न कम डोजको सिटी स्क्यान प्रविधिलाई प्रयोगमा ल्याइएको बताए । क्यान्सर रोकथामकालागि शुरु गरिएको यस अभियानको सफलताकालागि रोज फाउण्डेशन, रोटरी क्लबहरु, नेपाल ब्रेष्ट क्यान्सर सोसाइटी, नेपाल अर्वुध रोग निवारण संस्था, श्रृmचा बजिमय फाउण्डेशन, ललितपुर उद्योग बाणिज्य संघ, तुलसी माया स्मृति फाउण्डेशन जस्ता संस्थाहरुसँग सहकार्य गरिने डा. श्रेष्ठले बताए । news-cancer-hospital

कार्यक्रमका विशेष अतिथी, ललितपुर जनस्वास्थ्य शाखाका प्रमुख डा. सरिता महर्जनले हस्पिटलले थालनी गरेको फोक्सोका क्यान्सर सम्बन्धित लो डोज सिटी स्क्यानबारे प्रकाशित ब्रोसरको सार्वजनिक गर्नुभएको थियो । उनले हस्पिटलको गुणस्तरीय सेवाबारे बोल्नुहुँदै रोकथामकालागि लिइएको व्यवहारिक उपायको प्रशंसा गर्नुभयो । आजैबाट शुरु गरिने ललितपुरका ३० वडाका जनस्वास्थ्यकर्मीहरुको प्रशिक्षण र परिचालनले एकातिर जनस्तरमै सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सहयोगकासाथै यसलाई दीर्घकालीन अभियानका रुपमा लैजान ललितपुर उपमहानगरपालिका उत्साहित रहेको बताए ।

विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ६० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान गुमाइरहेका हुन्छन् । जसमध्ये ५० लाख भन्दा बढिको मृत्यु प्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ भने बाँकी अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थका कारण हुने गर्दछ ।

नेपालको डेमोग्राफिक हेल्थ सर्वे २०११ हेर्ने हो भने ५२ प्रतिशत पुरुष र १३।३ प्रतिशत

महिला सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । पुरुषहरुमध्ये ३० प्रतिशतले चुरोट र ३८ प्रतिशतले सुर्ती ९खैनी, गुटखा० सेवन गर्दछन् भने महिलाहरुमध्ये ९ प्रतिशतले चुरोट र ६ प्रतिशले सुर्ती सेवन गर्दछन् ।

सन् २००६ को तथ्याङक अनुसार ५६ दशमलव ६ प्रतिशत पूरुष र १९ दशमलव ५ प्रतिशत महिलाले धुम्रपान गर्छन् । नेपालमा प्रत्येक वर्ष १५ हजार क्यान्सर रोगीको निधन हुनेगरेको छ । त्यसमध्ये महिलाहरुको पाठेघरमा हुने क्यान्सर तथा फोक्सो र मुखका समस्या विकराल छन् । कार्यक्रमको दोश्रो सत्रमा ललितपुर उपमहानगरपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य स्वयंम्सेवकलाई प्रशिक्षण समेत दिइएको छ ।

 

  2016-06-05