24 hrs Helpline +977-1-5251312

डा. सुदिप श्रेष्ठलाई प्रबल जनसेवा श्री पुरस्कार

Click Here To Download

असोज ३ गते संबिधान दिवसका अवसरमा नेपाल सरकारद्वारा यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं बरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा सुदिप श्रेष्ठलाई प्रबल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको छ। कार्यकारी अध्यक्ष डाक्टर श्रेष्ठलाई दशकौं लामो अनवरत लगनशिलता तथा उहाँले क्यान्सर उपचार क्षेत्रमा पुर्याउनु भएको बिशिष्ठ योगदानको कदर गर्दै यस पदवीबाट आभूषित गरिएको बताइएको छ। नेपाल क्यान्सर हस्पिटल परिवार यस समाचारसंगै वास्तवमै अति गौरवान्वित भएको छ। यस पदवीले उहाँको पेशागत प्रतिष्ठामा सुनमा सुगन्ध ल्याउने दृढ विश्वासका साथ सम्पूर्ण नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर परिवार उहाँलाई यस सुखद घडीमा हार्दिक बधाई व्यक्त गर्दछौं।

-----नेपाल क्यान्सर हस्पिटल परिवार

  2020-09-22

Related

Read More