24 hrs Helpline +977-1-5251312

कोरोनाभाइरस (COVID-19) को विषम परिस्थितिमा क्यान्सर बिरामी र बिरामीका परिवारले जान्नुपर्ने कुराहरु:

कोरोनाभाइरस (COVID-19) को विषम परिस्थितिमा क्यान्सर बिरामी र बिरामीका परिवारले जान्नुपर्ने कुराहरु:
⦁    कोरोनाभाइरस, वा COVID-19 के हो ?
⦁    यदि मलाई क्यान्सर छ, के म COVID-19 बाट मर्ने वा मर्ने बढी जोखिममा छु ?
⦁    यदि मलाई क्यान्सर छ भने म कसरी आफूलाई जोगाउन सक्छु ?
⦁    मैले  एक चिकित्सा सुविधा वा  क्यान्सर उपचार पाउन के गर्नुपर्छ ?
⦁    मसँग संक्रमणको लक्षण छ भने के गर्ने ?
⦁    कोरोनाभाइरस, वा COVID-19 के हो ?
          कोरोनाभाइरस भाइरसहरूको एक ठूलो जमात  हो जुन मानिस र धेरै प्रकारका जनावरहरूमा सामान्यतया  पाइन्छ। सीडीसीले कोरोना भाइरासको कारण र यसको दिनप्रतिदिन बढ्दै गरेको संक्रमणको  प्रतिक्रिया दिइरहेको छ। यो भाइरस  पहिलो पटक चीनमा पत्ता लागेको थियो भने अब संयुक्त राज्य अमेरिका  विश्वका १९९ देशहरूमा संक्रमित भैसकेको  छ। भाइरसलाई SARS-CoV-2 नाम दिइएको छ, र यो रोगले निम्त्याउने रोगलाई कोरोनाभाइरस रोग  2019  नाम दिइयो, जसलाई संक्षिप्त रुपमा COVID-19 भनिन्छ।

⦁    यदि मलाई क्यान्सर छ, के म COVID-19  बाट मर्ने बढी जोखिममा छु ?
केही प्रकारको क्यान्सर र उपचारहरू जस्तै केमोथेरापीले तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्न सक्छ र COVID-19 को कारण भाइरस लगायत कुनै पनि संक्रमणको जोखिम बढाउन सक्छ। केमोथेरापीको बखत, तपाईंको उपचार चक्रमा  संक्रमणको जोखिम हुनेछ।
क्यान्सर रोगको गम्भीर स्वास्थ्य  स्थितिका बृद्धरु र बच्चाहरू, COVID-19 जस्ता संक्रामक रोगहरूबाट बढी गम्भीर जटिलता र  उच्च जोखिममा छन् |

⦁    यदि मलाई क्यान्सर छ भने म कसरी आफूलाई जोगाउन सक्छु ?
COVID-19 को उपचारको लागि यो लेख लेख्दासम्म कुनै  विशेष उपचार; औषधी वा भ्याक्सिन  छैन ।
हाल यो रोगलाई रोकथाम गर्ने  उत्तम उपाय भनेको भाइरसको सम्पर्कमा नपर्नु नै हो।

उत्तम रोकथाम उपायहरू :
१)    ठूला सामाजिक जमघटहरू र बिरामीहरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुहोस् ।
२)    अनावश्यक व्यक्ति-देखि-व्यक्ति सम्पर्क नगर्नुहोस्, जस्तै अंकमाल वा हात मिलाउने काम । बरु १ मिटर दुरी बाटै नमस्कार गर्नुहोस।
३)    तपाईंको आँखा, नाक, र मुख छुने बानी हटाउनुहोस |
४)    कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले मिचीमिची हात धुनुहोस् (विशेष गरी बाथरूममा गएपछि, हाक्छ्यु आएपछि र खानु भन्दा पहिले ) । 
५)    फ्लू खोप लिनुहोस् |
६)    सकेसम्म घरमा बस्नुहोस् | अनाबश्यक यात्रा नगर्नुहोस |
७)    सार्वजनिक रूपमा बाहिर जानैपरेमा , भीडबाट बच्नुहोस् ।

⦁    मैले क्यान्सर उपचार गर्दैछु , अरु पनि उपचार  गर्नुहुन्छ कि हुदैन ?
यदि तपाईं आफ्नो क्यान्सरको उपचार प्राप्त गर्दै हुनुहुन्छ भने, कृपया अर्को उपचार अपोइन्टमेन्टमा जानु अघि तपाईंको स्वास्थ्य उपचार प्रदायकलाई कल गर्नुहोस् | उनीहरूको निर्देशन पालन  गर्नुहोस् । स्वास्थ्य सेवा प्रणालीले COVID-19 लाई सामना  गर्न  क्यान्सर बिरामीहरूको उपचार गर्ने पद्दति र समय  परिवर्तन गर्न आबश्यक हुनसक्छ ।
केही क्यान्सर उपचारहरू सुरक्षित तवरले ढिलाइ गर्न सकिन्छ,  भने केहीलाई सकिदैन । केहि नियमित फलोअप  र भ्रमणहरू सुरक्षित ढिलाइ वा टेलिमेडिसिन मार्फत पनि  सञ्चालन गर्न सकिन्छ ।

⦁    आफूलाई  संक्रमणको लक्षण देखिएको शंका लाग्यो भने के गर्ने ?
तुरुन्तै थर्मो मिटरले ज्वरो नाप्ने । ज्वरो नघटे, रुघा खोकी लागिरहे र स्वास फेर्न असजिलो भए नजिकको स्वास्थ केन्द्रमा गएर परिक्षण गराउने ।
(   (स्रोत :नेसनल क्यान्सर इन्स्टिच्युट (NCI) को लेखलाई सारांश गरिएको ) 
https://www.cancer.gov/contact/emergency-preparedness/coronavirus?fbclid=IwAR23VzDTupyNjLOzzF5pjThNkv3-1XH0MFbvJvMx3IiqotRvTNgS_ruyfos 

हजुरहरुको स्वास्थ्य सुरक्षाको शुभकामना 

सुदीप श्रेष्ठ 
कार्यकारी अध्यक्ष 
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 
हरिसिद्धि , ललितपुर
 

  2020-03-28

Related

Read More