24 hrs Helpline +977-1-5251312

लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुर सम्मानित

चितवन माघ २५ ।
लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७६ प्रदान गरिएको छ । लायन्स क्लव अफ चितवन सेन्ट्रल, लायन्स क्लब अफ नारायणगढ नारायणी र स्वास्थ्य दर्पण मिडिया नेटर्वकले आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य क्षेत्रका काम गर्ने चिकित्सक, नर्स र पत्रकार पत्रकार गरि १४ जनालाई अवार्ड प्रदान गरेको हो ।

            स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने प्रदेश र युवा पत्रकार विधाबाट ९ जना, चिकित्सकका तर्फ ४ र एक जना नर्स गरि १४ जनालाई अवार्ड प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटर्वकका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुदुरपश्चिम प्रदेशबाट कुण्डली चौधरी, कर्णाली प्रदेशबाट चिरञ्जीवि अर्याल, प्रदेश नम्बर पाँच बाट दिपेन्द्र बडुवाल, गण्डकी प्रदेशबाट होमराज रानाभाट, वाग्मती प्रदेशबाट दिपक आचार्य, प्रदेश नम्बर दुईबाट बृजकुमार यादव र प्रदेश नम्बर १ बाट लिला बल्लब घिमिरेले अवार्ड प्राप्त गर्नुभएको छ । युवा पत्रकार विधाबाट चितवनका दुई जना पत्रकार सम्मानित भएका छन् । सुवास पण्डित र सुर्यप्रसाद अधिकारी सम्मानित हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।


चिकित्सक तर्फ बीपी कोईराला क्यान्सर अस्पतलाका बाल विभाग प्रमुख डाक्टर कृष्णसागर शर्मा, डाक्टर मदनकुमार पिया, डाक्टर भोला प्रसाद रौनियार र डाक्टर प्रकाशराज न्यौपाने सम्मानित हुनुभएको छ । त्यस्तै नर्सतर्फ वीपी कोईराला क्यान्सर अस्पतालकी नर्स सविना दाहालले अवार्ड प्राप्त गर्नुभएको छ । सस्थातर्फ बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुर सम्मानित भएको छ । कार्यक्रममा बोल्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरकी निर्देशक स्वरुपा श्रेष्ठले नेपालमा क्यान्सर रोगको उपचार सम्भाव भएको बताउनुभएको छ । उहाँले अरु रोग संगसंगै क्यान्सर रोग पनि समयमा उपचार गरे निको हुने भएकाले डराउन नपर्ने बताउनुभयो ।

बीपी कोईराला क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ तथा अंकोलोजि विभाग प्रमुख कृष्णसागर शर्माले दिन प्रतिदिन क्यान्सरका विरामीहरु बढ्दै गएकाले उपचारका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले क्यान्सर अस्पतालमा १३ बर्ष देखि दुई जना चिकित्सकले बालबालिकाको उपचार गरेको भन्दै बाल क्यान्सर सर्जनको अभाव रहेको बताउनुभयो । उहाँका अनुसार नेपालमा बार्षिक १५ सय जना क्यान्सर भएका बालबालिका थपिने गरेका छन् । त्यसमध्ये क्यान्सर अस्पतालहरुमा आउने ८ सयको हाराहारीमा छन् भने, दुई जनाले प्रत्येक बर्ष उपचार गराउने गरेको उहाँले बताउनुभयो ।
     :साभार कालिका न्युज 

  2020-02-10

Expert Doctors

Related

Read More