24 hrs Helpline +977-1-5251312

Sudipt cancer survival meet held on NCHRC

                        अक्टोबर महिना 'स्तन क्यान्सर सचेतना महिना' को रुपमा मनाउने गरिन्छ। स्तन क्यान्सर सचेतनाको रंग गुलाफी भएकाले यसलाई गुलाफी महिना पनि भन्ने गरिन्छ। यसै 'स्तन क्यान्सर सचेतना महिना' अन्तर्गत नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको संयुक्त आयोजनामा तेस्रो 'सुदीप्त' क्यान्सर सर्भाईभर मिट कार्तिक १३ गते मंगलबार नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टर को कन्फरेन्स हलमा सम्पन्न भएको छ।  हस्पिटलका रेडीएशन अन्कोलोजी बिभाग प्रमुख र नेपाल क्यान्सर सहयोग समुहका सल्लाहकार डा. गिसुपनिख प्रसिको र बरिष्ठ पत्रकार श्रीमती कृष्णा ताम्राकारले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।  करिब ८० जना भन्दा बढी क्यान्सरलाई जितेका क्यान्सर सर्भाईभर, उनीहरुका परिवारका सदस्यहरु र पत्रकारहरुको उपस्थिति थियो। नेपाल क्यान्सर हस्पिटलका तर्फबाट हस्पिटलका महाप्रबन्धक, विभागीय प्रमुखहरु, विशेषज्ञ डाक्टरहरु र नर्सिङ्ग स्टाफ को पनि कार्यक्रममा उपस्थिति थियो। कार्यक्रमको शुरुवात नेपाल क्यान्सर सहयोग समूहका कोअर्डीनेटर श्रीमती स्वरुपा श्रेष्ठले स्वागत मन्तव्यका साथमा गर्नुभएको थियो। त्यसको लगत्तै बिशेष अतिथि स्तन क्यान्सर सर्भाईभर श्रीमती बन्दना शर्माले आफ्नो अनुभव साट्नुभएको थियो । हस्पिटलका सर्जीकल अन्कोलोजी विभागीय प्रमुख डा. कपेन्द्र शेखर अमात्यले कार्यक्रम को पहिलो भाग आफ्नो मन्तब्य दिएर टुंग्याउनुभएको थियो।

बरिष्ठ रेडीएशन अन्कोलोजिस्ट डा. गिसुपनिख प्रसिको , कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. सचिन शाक्य, कन्सल्टेन्ट ब्रेस्ट सर्जन डा. प्रफुल्ल मान शाक्य, कन्सल्टेन्ट जेनेटिक अन्कोलोजिस्ट डा. आरती पाण्डे, फिजियोथेरापिस्ट राजेन्द्र खत्री र डाईटिशियन कविता डंगोल ले क्यान्सर सर्भाईभर हरुको जिज्ञासा हरु मेट्नु भएको थियो।  मिडिया, हेल्थ र ह्याप्पिनेस मोटीभेशनल ट्रेनर श्री सिमोन नेउपानेले एउटा छोटो 'हाँसो योग' को प्रदर्शन पनि गर्नुभएको थियो। साथसाथै काठमाडौँ विश्वविद्यालयबाट आउनु भएको एउटा सानो समुहले क्यान्सरको बारेमा एउटा सानो गीति नाटक पनि प्रस्तुत गर्नुभएको थियो। 
 

  2018-10-31