प्रेस बिज्ञप्ति - २०७५/०६/२४
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा दुइदिने क्लिनिकल अपरेसन्स र क्यान्सर अनुसन्धान सम्बन्धि मेडिकल राइटिंग ट्रेनिंग सम्पन्न
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा मर्क इन्डिया लिमिटेड को सहकार्यमा यस अस्पतालको प्रांगणमा दुइदिने क्लिनिकल अपरेसन्स र क्यान्सर अनुसन्धान सम्बन्धि मेडिकल राइटिंग कार्यशाला सम्पन्न भएको छ। यस तालिम कार्यशालामा रिसर्चमा रुचि भएका विभिन्न अस्पतालका प्राध्यापक, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र चिकित्शाखारुको संग्लनता रहेको थियो। यस कार्यक्रमको उद्देश्य नेपालमा रहेका बायोमेडिकल शोधकर्ताहरुको शोधपत्र लेखन क्षमता अभिवृद्धि गराउने रहेको थियो। अब नेपालमै क्यान्सरको रोकथाम, निदान र उपचारको बारेमा अनुसन्धान गर्ने जनशक्ति तयार पार्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु अति महत्वपुर्ण हुने तथ्य यस कार्यक्रमले उजागर गरेको छ।
कार्यक्रमका प्रशिक्षक एवं कार्यशालाका सहभागीहरुलाई यस अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठज्युले स्वागत मन्तव्य दिंदै नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरको उद्देश्य प्राप्तिका लागि यस तालिमले क्यान्सर अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने विश्वास जाहेर गर्नुभयो। यसका साथै अस्पतालका मेडिकल डाइरेक्टर डा. विजेश घिमिरेज्युले अस्पतालले स्थापनाको छोटो अवधिमै क्यान्सर विरामीको उपचारमा पुर्याएको योगदान बारे जानकारी दिनुभयो।
यस कार्यशाला मा प्रशिक्षण दिनका लागि लामो समयको अनुभव प्राप्त प्रशिक्षकहरु भारत बाट आउनु भएको थियो। श्रीमती स्मिथा नाईडु १८ बर्ष अपरेसन्स, ट्रेनिंग, र व्यवस्थापन र नेतृत्वको अनुभव बटुल्नुभएको ट्रेनिंग म्यानेजर हुनुहुन्छ भने डा. हेटल शाह १४ बर्ष मेडिकल लेखाइ र क्लिनिकल रिसर्च प्रोजेक्ट म्यानेजमेन्ट अनुभव बटुल्नुभएको दक्ष प्रसिक्षक हुनुहुन्छ। दुवै प्रसिक्षक हरु आइ. क्यु. भी. आइ. ए.(IQVIA) संग संग्लग्न हुनुहुन्छ। आइ. क्यु. भी. आइ. ए एक बहुराष्ट्रिय मेडिकल शोध तथा क्लिनिकल ट्रायल कम्पनी हो।
यस कार्यक्रम मा नेपाल क्यान्सर हस्पिटल का चिकित्सक, नर्सिङ्ग कर्मचारी, मेडिकल टेक्नोलोजिस्ट र अन्य कर्मचारी बाहेक त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्शाशास्त्र अध्ययन संस्थान, किस्ट मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल असोशिएशन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान परिषद र परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल का प्रतिनिधि हरुको उपस्थिति थियो। कार्यक्रम को अन्त्यमा सहभागीहरुलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद बाट मान्यता प्राप्त प्रमाणपत्र वितरण गरिएको थियो। यस कार्यशालाबाट रिसर्चमा सरोकार भएका मेडिकल पेशेवर, शोधपत्र लेख्न तयारी गरिरहेका बिद्यार्थी तथा क्लिनिकल अपरेसन्स मा लगाव भएका प्रसिक्षार्थीहरुलाई फाइदा पुग्ने आशा राखिएको छ।
.