अन्तराष्ट्रिय नर्सिङ्ग दिवस

12 May 2021 Article, Event
सन् १९७४ देखि मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको रुपमा विश्वभरी मनाउदै आइएको छ। मे १२ आधुनिक नर्सिङ्गकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म दिन हो। यस बर्ष नर्सिङ्ग दिवसको नारा “नेतृत्व गर्न आवाज – भविष्यको स्वास्थ्य सेवाको लागि एक दर्शन” (A voice to lead- A vision for future healthcare ) रहेको छ।
नेपाल क्यान्सर हस्पिटलले यस बर्ष कोभिड-१९ को विषम परिस्थितिको कारण बिबिध कार्यक्रम प्रदान गरी मनाउन नसकेकोमा क्षमा याचना गर्दछौ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी असिस्टेन्ट मेट्रोन लहर माया भासिक (श्रेष्ठ) (Lahar Maya) भन्नुहुन्छ : बिरामीको स्याहार मात्र नर्सिङ्ग सेवा हैन , बरु नर्स स्वास्थ्य सेवा प्रणालीको अभिन्न अंग हो र नर्सिङ्गले बिरामीलाई स्याहारको साथमा सहानुभूति पनि दिने गर्छन । बिरामीको उचित रेखदेख , सहानुभूती , उचित परामर्स , समयमा औषधी प्रदान जस्ता स्याहारमुलक सेवाबाट आधा रोग आफै निको हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सुपरभाइजर द्वय सबिता पौड्याल र बिद्या राइका अनुसार कोभिड-१९ को बिकराल समयमा नर्सहरुले उच्च सतर्कता अपनाउदै सुरक्षित हुदै बिरामीहरुलाई सेवा दिनु अर्को ठूलो चुनौती आइपरेको छ। यस कोभिड-१९ को विषम परिस्थितिमा नर्सिङ्ग पेशाकर्मीहरुले गरेको योगदान सह्रानीय छ। यस परिस्थितिमा नर्सिङ्ग पेशालाई सम्मान र नर्सहरुलाई सबै क्षेत्रबाट सद्भाव र प्रेरणा दिनु आबश्यक छ।
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center ) नर्सिङ्ग बिभाग सम्पूर्ण कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र आम शुभचिन्तकहरुमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछ।
— नर्सिङ्ग बिभाग , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 10 seconds