नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको दोश्रो बार्षिकोत्सब सम्पन्न

1 Oct 2019 Event

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको दोश्रो बार्षिकोत्सब सम्पन्न :
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो  स्थापनाको दुई वर्ष पुरा गरेको छ ।अस्पतालले दुई वर्ष पुरा गरेको अवसरमा आज  दोस्रो बार्सिकोत्सब भब्य रुपले सम्पन्न गरेको छ । “नेपालीको क्यान्सरको उपचार नेपालमा नै“ र “उत्कृष्ट हेरचाह र उपचार”  भन्ने मूल नारा लिएर  क्यान्सर बिरामीहरुलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरुसँग सामना गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको थियो। ललितपुरको हरिसिद्धमा रहेको यो रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित  क्यान्सरका सबै सेवाहरु एकै छानामुनि  उपलब्ध गराउने नेपालकै  पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल पनि  हो ।


क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई  निर्मूल पार्ने उद्देश्यले हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै जुनसुकै क्यान्सर रोगको उपचार पनि  नेपालमै गर्न सकिने  क्षमता बनाएको छ । आजको समारोहमा  अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका “आशा“ को तेश्रो  अंकको लोकार्पण गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य कार्यकारी अध्यक्ष तथा बरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन कार्यकारी निर्देशक डा बिजेश राज घिमिरेले गर्नु भएको थियो ।
सो समारोहमा उत्कृष्ट सेबा प्रदान गर्ने कर्मचारीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
क्यान्सर आफैंमा एक चुनौतिपूर्ण रोग भएपनि यसको पहिचान समयमै हुन सक्यो भने सम्पूर्ण रुपमा निको पार्न सकिने भएकाले अस्पतालमा क्यान्सर रोग पत्ता लगाउने विभिन्न प्रबिधिहरु पनि भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds